FAQs Complain Problems

भद्रपुर २ स्थित धार्मिक तथा एतिहासिक स्थल किचकबध

Read More

लेखनाथ चोक,भद्रपुर १०

Read More

चन्द्रगढी विमानस्थल,भद्रपुर ०८

Read More

भद्रपुर नगरपालिकाको नगर गान

रचनाकार : श्याम तमोट ;संगीतकार: सुरेन्द्र श्रेष्ठ गायक: मेनुका राई/ साजन राई

बालमैत्री गीत

रचनाकार:सत्य राजवंशी

नगर परिचय

ऐतिहासिक पृष्ठभूमीः

सन् १७७३ मा तत्कालिन राजा रण वहादुर शाहको शासनकालमा नेपालको सिमाना पश्चिम तर्फ कुमाउँ गढवाल र पूर्वतर्फ टिष्टासम्म पुगेको थियो । बिराटनगर र रंगेली बीच पर्ने धनपुर भन्ने स्थान र झापा बजारमा (साबिक कुमरखोद गा.वि.स) सन् १८१४ मा अंग्रेजहरुले आक्रमण गरी आफ्नो कब्जामा लियो र सन् १८१५ नोभेम्बर २८ मा सुगौली सन्धीमा हस्ताक्षर भयो । यसरी मेची नदी सदाको लागि पूर्वी अन्तराष्ट्रिय सिमाना हुन पुग्यो । तत्कालिन झापा जिल्ला मोरङ गोश्वारा अन्र्तगत पर्दथ्यो, पछि तत्कालिन कुमरखोद गाविस अन्तरगत रहेको झापा बजारमा मोरङ गोश्वारा सर्न आएको हुदाँ यस जिल्लाको नाम झापा रहन गयो । वि.सं. २००७ साल पछि गोश्वरा तत्कालिन चन्द्रगढी गा.वि.स.मा सर्न पुगी चन्द्रगढी सदरमुकाम कायम भयो । पछि चन्द्रगढी गा.वि.स.का केही भागहरु भद्रपुर नगरपालिकामा गाभेर भद्रपुर नै जिल्ला सदरमुकाम कायम गरिएको थियो । वि.सं. २००८ सालमा स्थापना भएको यो नगरपालिकामा वि.सं. २०३८/३९ सालमा चन्द्रगढी र महेशपुर गा.वि.स.का केही वडाहरुलाई एकीकृत गरी १५ वडामा विभाजन गरिएको थियो । वि.सं. २०७१ मा साबिक चन्द्रगढी र महेशपुर गा.वि.स.लाई भद्रपुर नगरपालिका गाभेर पुरै चन्द्रगढी भद्रपुर नगरपालिका बन्न गयो भने वि.सं. २०७३ को स्थानीय तहको पुर्नःसंरचना प्रक्रियामा साबिक भद्रपुर नगरपालिका र पृथ्वीनगर गा.वि.स मिलाएर १० वडामा विभाजन गरी भद्रपुर नगरपालिका बनेको हो ।

भद्रपुर नगरपालिकाको सामाजिक संजाल

Elected Official

गणेश पोखरेल
नगर प्रमुख
९८५२६७८५५५
राधा कार्की
उप– प्रमुख
९८४२६३८१५७

Official

SUNIL NIRAULA
Chief Administration Officer
info@bhadrapurmun.gov.np
9852627111