FAQs Complain Problems

वडास्तरीय नकआउट फूटबल खेल सम्पन्न

भद्रपुर नगरपालिकाको आयोजना र मुनाल क्लबको संयोजनमा मिति २०७२।०७।११ गतेदेखि सञ्चालनमा रहेको फूटबल खेल २४ गते समाप्त भयो । उक्त फूटबल खेलको फाइनल वडा नं.१० र १३ बिच भएकोमा वडा नं.१० प्रथम भई रु.३११११।०० नगद तथा ट्रफी प्राप्त गरेको थियो भने वडा नं.१३ दोेस्रो भई रु.२११११।०० तथा ट्रफी प्राप्त गर्न सफल भएको थियो । फूटबल खेल समापन कार्यक्रमको प्रमुख अतिथी झापा क्षेत्र नं.२ का माननीय सांसद श्री सुधिरकुमार शिवाकोटी हुनु हुन्थ्यो भने विशेष अतिथी श्रीमान प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल हुनु हुन्थयो ।