FAQs Complain Problems

संक्षिप्त परिचय

                                                                                                                             भद्रपुर नगरपालिकाको परिचय

ऐतिहासिक पृष्ठभूमीः

सन् १७७३ मा तत्कालीन राजा रणबहादुर शाहको शासन कालमा नेपालको सिमाना पश्चिम तर्फ कुमाउ गडवाल र पूर्वतर्फ टिष्टासम्म पुगेको थियो । बिराटनगर र रंगेली बिच पर्ने धनपूर भन्ने स्थान र झापा बजार हाल कुमरखोद गा.वि.स. सन् १८१४ अंग्रेजहरुले आक्रमण गरी आफ्नो कब्जामा लिएको थियो र सन् १८१५ नोभेम्बर २८ मा सुगौली सन्धिमा हस्ताक्षर भए पश्चात मेची नदी सदाको लागि पूर्वी अन्तराष्ट्रिय सिमाना हुन पुग्यो । तत्कालिन झापा जिल्ला मोरङ गोश्वरा अन्तर्गत पर्दथ्यो । पछि कुमारखोद गा.वि.स. अर्न्तर्गत रहेको झापा बजार गाउँमा मोरङ गोश्वरा सर्न आएको हुदाँ यस जिल्लाको नाम झापा रहन गयो । वि.सं. २००७ सालपछि झापा गाउँबाट गोश्वरा चन्द्रगढी गा.वि.स. सरेपछि सदरमुकाम कायम भयो । झापा जिल्लामा रहेको सात वटा नगरपालिका मध्ये भद्रपुर नगरपालिका नेपालको जेठो नगरपालिका मध्येको एक नगरपालिका हो । वि.सं. २००८ सालमा स्थापना भएको यो नगरपालिकामा २०३८ ⁄३९ सालमा चन्द्रगढी र महेशपुर गा.वि.सको केही वडाहरुलाई एकिकृत गरी १५ वडामा विभाजन गरिएको छ । त्यसपछि वि.सं.२०७१ साल मंसीर १६ गतेको नेपाल सरकार (मन्त्रि परिषद)बाट भएको निर्णयबाट भद्रपुर नगरपालिका, महेशपुर र चन्द्रगढी गा.वि.स.समायोजन भई भद्रपुर नगरपालिकाको क्षेत्र विस्तार भई ७३.०२८३२६ वर्ग कि.मि हुन गयो । भने वि स. २०७३ को राज्य पुनरसंरचनामा साविक पृथ्वीनगर गाविस पनि भद्रपुर नगरपालिकामा समायोजन भएको छ | 

सीमानाः

पूर्वः ज्यामीरगढी गा.वि.स. र भारत

पश्चिमः हल्दीबारी, जलथल 

उत्तरः दुवागढी, गारामनी गा.वि.स.

दक्षिणः पाठामारी गा.वि.स.