FAQs Complain Problems

भद्रपुर नगर क्षेत्रमा "सघन शहरी विकास" कार्यक्रम सञ्चालन

भद्रपुर नगर क्षेत्रमा "सघन शहरी विकास" कार्यक्रम सञ्चालन

यस भद्रपुर नगरपालिका क्षेत्रमा सञ्चालन हुने "सघन शहरी विकास कार्यक्रम" अन्तर्गत सर्वदलीय तथा सम्बन्धित विषयगत कार्यालयहरु बिच मिति २०७३ मंसीर ०६ गते भद्रपुर नगरपालिकामा भएको बैठकबाट भद्रपुर नगर क्षेत्र भित्र तपसिलमा उल्लेखित आयोजनाहरु चालु आ.व.०७३।०७४ मा सञ्चालन गर्न शहरी विकास तथा भवन निर्माण विभागमा पेश गर्ने निर्णय भएको ।

तपसिल

१।      वडा नं.१४ विपी चौकदेखि लेखनाथ चौकसम्म पक्की नाला सहित बाटो विस्तार गर्ने काम ।

२।      वडा नं.१५।९।४ लेखनाथ चौकदेखि तेलिभिट्टा, मन्त्री चौकसम्म पक्की नाला सहित बाटो विस्तार गर्ने काम ।

३।      वडा नं. ९ विद्युत प्राधिकरणदेखि पश्चिम सगरमाथा चौकसम्म पक्की नाला सहित बाटो विस्तार गर्ने काम साथै झिलमिलिया पैनीमा तटबन्धन गर्ने काम ।

४।      वडा नं.५, ६ अन्तर्गत बंगाली टोलदेखि झिम्की चौक हुँदै मेची किनारसम्म  पक्की नाला सहित बाटो विस्तार गर्ने काम ।

५।      वडा नं.२ मन्त्री चौकदेखि संयुक्त वडा कार्यालय हुँदै ज्ञाने चौक सिमासम्म ।

६।      वडा नं. १० जि.वि.स.का.देखि दक्षिण जेल हुँदै धुलाबारी जोड्ने बाटो पक्की नाला सहित बाटो विस्तार गर्ने काम ।

७।      वडा नं.२।३ मन्त्री चौकदेखि पश्चिम बागडुग्रा पैनीसम्म पक्की नाला सहित बाटो विस्तार गर्ने काम ।

८।      भद्रपुर ११ देवकोटा मार्ग, सेन मार्गहुँदै हडिया खोलासम्म पक्की नाला सहित बाटो विस्तार गर्ने काम ।

९।      वडा नं.१५ गार्मेन्ट चौकदेखि अन्जनी मोड हुँदैपश्चिम देउनिया खोलासम्म ।

१०।    वडा नं.१३ साई मार्गदेखि कौवा खाडीसम्म पक्की नाला सहित बाटो विस्तार गर्ने काम ।

११।    वडा नं. ८ अस्पताल चौकदेखि अस्पताल हुँदै गणेश मन्दिर हुँदै घोडामारा पैनीसम्म पक्की नाला सहित बाटो विस्तार गर्ने काम ।

१२ ।   वडा नं. २ रङ्गेडाँडा दक्षिण जनकल्याण हुँदै फागो चौक, मावा चौक, माझी टोल हुँदै ज्ञाने चौकसम्म ।

१३।    वडा नं.४।६ अन्तर्गत भानु चौकदेखि तेलिभिट्टासम्म पक्की नाला सहित बाटो विस्तार गर्ने काम ।

१४।    भद्रपुर ५ नयाँबजार दक्षिणतर्फ हुँदै अमलाडाँगी, तारानगर साथै डाँगीबारी हुँदै पाण्डे चौकदेखि आँपगाछी चौकी हुँदै किच्चकबध भैसाबाडी जाने बाटो ।

१५।    वडा नं.१३ विपी चौकदेखि चैतु मन्दिरसम्म पक्की नाला सहित बाटो विस्तार गर्ने काम ।

१६।    वडा नं.१२।१३ अन्तर्गत चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको कार्यालयछेउदेखि देउनिया खोला तिरको बाटो (रिङ्गरोड)

१७।    वडा नं.९ अन्तर्गत कुमार श्रेष्ठको घर उत्तरतर्फको पक्की नाला ।

१८।    वडा नं. ७ जनता चौकछेउको कल्भर्ट पूर्वतर्फ मेची नदीसम्मको पक्की नाला निर्माण ।

१९।    वडा नं. ७ देवी बस्तीबाट बलभद्र टोल हुँदै घिमिरे बस्ती हुँदै श्याम चौधरीको घरबाट घोडामारा पैनीसम्म पक्की नाला सहित बाटो विस्तार गर्ने काम ।

२०।    वडा नं.१३ चन्द्रगढी टि स्टेटबाट धनुषमोड आउने बाटो कालोपत्रे गर्ने काम ।

२१।    वडा नं.१३।१५ शिव मन्दिर चैतुबारीबाट डाँफे चौकसम्म पक्की नाला सहित बाटो विस्तार गर्ने काम ।

 

 

                                                                                                नगर सूचना केन्द्र

                                                                                       भद्रपुर नगरपालिका कार्यालय