FAQs Complain Problems

सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

भद्रपुर नगरपालिकाले आ.व.०७२।०७३ को प्रथम चौमासिकमा सम्पन्न गरेका विभिन्न योजना तथा कार्यक्रमहरुको सन्दर्भमा नगरवासीहरुको राय बुझ्न तथा आगामी दिनहरुमा कार्यक्रमहरु सञ्चालन गर्नका लागि सल्लाह र सुझाव लिने उद्देश्यले मिति २०७२।०७।३० गतेका दिन भद्रपुर नगरपालिकाको सभाकक्षमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना भद्रपुर नगरपालिकाले तथा सहजीकरण नागरिक एफ.एम. १०७.५ मेगाहर्जले गरेको थियो । उक्त कार्यक्रममा नगरवासीहरुले विभिन्न विषयहरुमा जिज्ञासा राखेका थिए भने जिज्ञासाको निराकरण कार्यकारी अधिकृतज्यूले गर्नु भएको थियो ।